शिक्षामन्त्री पुनले दिए पदबाट राजीनामा !

६ माघ, काठमाडौं

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामाको पत्र प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइसकेको पुनको सचिवालय सदस्य गीता रेग्मीले जानकारी दिइन् ।

रेग्मीका अनुसार मन्त्री पुनले राजीनामा पत्र प्रधानमन्त्री कार्कीकहाँ पठाइसकेका छन्। ‘आज कार्यालय आउनु भएन, बाहिरबाटै प्रधानमन्त्रीज्युलाई राजीनामापत्र पठाउनु भएको छ, उहाँ उम्मेदवार बन्ने भनेर राजीनामा दिनुभएको हो,’ उनले भनिन् ‘समय कम भएकोले कार्यालयमा नआई राजीनामा पठाउनु भएको हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation