इरान भन्छ उच्च अधिकारी मारिएको समाचार झुटो हो

१७ फागुन, काठमाडौँ
 इजरायल र अमेरिकाको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक अधिकारीहरू र सेना प्रमुख मारिएको दावी गरिएका समाचारलाई इरानले अस्वीकार गरेको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनका कार्यकारी उपप्रमुख मोहम्मद जफर काएम्पनाहले एक्समा एक पोस्ट गर्दै राष्ट्रपति सुरक्षित रहेको बताएका छन्।

बीबीसीका अनुसार, इरानी राष्ट्रपतिका छोरा युसुफ पेजेस्कियनले टेलिग्राममा लेखेका छन्, ‘यसपटक उहाँको हत्याको प्रयास सफल भएन।’

इरानी सेनाले पनि आफ्ना कमान्डर मेजर जनरल अमिर हतामीको मृत्युको खबरलाई अस्वीकार गरेको छ।

साथै, फार्स न्युज एजेन्सीले संसदका सभामुख मोहम्मद बगेर गालिबफ र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) का प्रमुख अली लारीजानीलाई कुनै हानी नभएको बताएको छ।

उसले रक्षामन्त्री र गार्ड कमान्डर मारिएको कुराबारे भने केही बोलेको छैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation