
८ चैत, चितवन
भौतिकवादी समाज नेपालको चितवनको माडीमा हुनगइरहेको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।
मानव जीवनमा भौतिकवादी चिन्तन, वैज्ञानिक सोच र मानववादी व्यबहारको विकासको जरुरी रहेको निष्कर्ष निकाल्दै समाजले देशभर सांस्कृतिक रुपान्तरणको अभियान थालेको छ ।
भौतिकवादी समाज कुनै राजनीतिक संगठन नभएर विशुद्ध समाज जागरणको संस्था भएकोले सो संगठनभित्र कुनैपनि दलविशेष वादप्रतिवादका विषयमा बहस छलफल नहुने भएकोले कुनै पार्टी वा दलविशेषको रुपमा नबुझ्न सांस्कृतिक विभागका अध्यक्ष रोशन जनकपुरीले बताएका छन् ।
समाजमा जन्मदेखि मृत्युसम्मका संस्कारहरूलाई वैज्ञानिक तथ्यका आधारमा प्रगतिशील बनाउने, समाजमा व्याप्त धार्मिक एवम् सांस्कृतिक अन्धविश्वास, कुरिती कुसंस्कारलाई परिमार्जित गर्दै वैज्ञानिक चेत र मानववादी सोचको विकास लगायतका विषयमा प्रशिक्षित गर्दै संगठनले देशव्यापी रुपमा संगठन बनाउँदै आइरहेको छ ।
२०७९ मा वीरगञ्जबाट सुरु गरिएको भौतिकवादी समाज नेपालको हाल देशभर ३५ भन्दा बढी जिल्लामा संगठन निर्माण भइसकेको र चितवनको माडीमा यही चैत ८ र ९ गतेको सम्मेलन लगत्तै अन्य जिल्लाहरूमा संगठन विस्तार गरिने अध्यक्ष वैद्यनाथ श्रमजीवीले बताएका छन् ।
देशभरबाट जम्मा भएका प्रतिनिधि, परिवेक्षक एवं आयोजक समितिहरूबीच व्यापक छलफल गरी सस्थाको वैचारिक, सांगठनिक र आर्थिक प्रतिवेदनहरू पारित गरिने बैद्यनाथ श्रमजीवीले बताएका छन् ।
हाम्रा समाजमा विद्यमान संस्कृतिहरूलाई कसरी परिस्कृत गरिने र धार्मिक अन्धविश्वासको जालोमा जकडिएको समाजलाई वैज्ञानिक चेतमा परिणत गर्न सकिन्छ भन्ने विषयमा सांस्कृतिक विभागका प्रमुख रोशन जनकपुरीले तयार पारेको सांस्कृतिक प्रतिवेदन पनि भेलामा छलफल पश्चात पारित गरिने छ ।
भौतिकवादी समाज हरेक धर्मको आडमा पैmलाइएको स्वर्ग नर्क, पूर्वजन्म पुनर्जन्म वा पाप धर्मका भ्रमहरु नमान्ने मानिसहरुको संगठन भएकोले यस संस्थाले मानवता, परोपकार र मानव स्वतन्त्रताको विषयमा बहस पैरवी गरिरहेको छ । धर्म र संस्कृतिको विषमा समाजमा फैलाइएको भ्रमपूर्ण विषयलाई चिरफार गर्दै आइरहेको छ । हजारौँ वर्षदेखि समाजमा धर्म संस्कृतिलाई एउटै डालोमा राखेर अध्यात्मवादीहरुले भ्रमको व्यापार गरिरहेका छन् ।
जबकी संस्कृति मानव समाजको संघर्षको वैज्ञानिक उपज हो जुन समयक्रमसँगै निरन्तर पुरस्कृत र परिमार्जित भइरहने गतिशील आयाम हो तर धर्म निश्चि शास वर्गलाई खुसी पार्न उनै दमनकारी शासकले जनतालाई विद्राही चेतनाबाट रोक्नको लागि जबरजस्त लादिएको विषय भएकोले जडता र अन्धविश्वासको पोको मात्र हो जसबाट न स्वतन्त्रता सम्भव छ, न त साँचो अर्थको मानव मुक्ति र न्यायको परिकल्पना नै गर्न सकिन्छ ।
















