
२३ जेठ, प्यूठान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको दौड रोचक बनेको छ। जिल्ला सभापतिका लागि वर्तमान सभापति विकास पोख्रेल र माण्डवी गाउँपालिकाका पूर्व सभापति बोम सुनारबीच मुख्य प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
पार्टी स्थापनाकालदेखि संगठन निर्माण र विस्तारमा सक्रिय पोख्रेल पुनः नेतृत्वमा दोहोरिने तयारीसहित मैदानमा छन्। क’ठिन परिस्थितिमा पनि जिल्ला संगठनलाई जोगाउँदै अघि बढाएको भन्दै अधिकांश कार्यकर्ताको समर्थन पाउने अपेक्षा गरिएको छ।
यता कानुन अध्ययनरत सुनार पनि प्रतिस्पर्धामा छन्। शिक्षण पेसा र युवा नेतृत्वको एजेन्डा अघि सार्दै उनले संगठनमा नयाँ पुस्ताको हस्तक्षे’प र वैकल्पिक नेतृत्वको आवश्यकता औँल्याउँदै आएका छन्।यसअघि जिल्लाका केही पालिकामा नेतृत्व चयनमा देखिएका मतभेदले जिल्ला अधिवेशनको समीकरण पनि प्रभावित पार्न सक्ने आकलन गरिएको छ। यही कारण आईतबार हुने अधिवेशनलाई रास्वपा प्यूठानको नेतृत्व र संगठनात्मक दिशाको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।
















