२३ असार, जनकपुरधाम
सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार उनलाई १२ हजार रुपैयाँ घुससहित कर्जन्हा नगरपालिका ४ स्थितबाट नियन्त्रणमा लिएको हो ।
कर्जन्हा नगरपालिका–२ स्थित रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको काठको लागि उद्योगीसँग तीन ट्रक काठको चारचार हजारका दरले घुस लिएको अख्तियारले जनाएको छ ।
घुस मागेपछि सेवाग्राही अख्तियारमा पुगेका थिए । सोही अनुसार स्ट्रिङ अप्रेसन गरी आज नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

















