प्यूठानमा बाँदर धपाउन कृषकलाई बन्दुक

प्यूठान / जिल्लामै पहिलो पटक प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्बर ३ ले कृषकलाई बाँदर र बँदेल धपाउन बन्दुक वितरण गरेको छ।
वडाले राष्ट्रिय आविष्कार केन्द्रबाट २६ थान बन्दुक खरिद गरेर कृषकलाई वितरण गरेको वडाअध्यक्ष नोमराज पौडेलले जानकारी दिए। जंगली जनावरले बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराईएको  अध्यक्षले जानकारी दिएका छन ।
‘बाँदर,बँदेलले खेतीबाली खाइदिएपछि कृषकहरू चिन्तित थिए,बाँदर धपाउन सजिलो होस भनेर २६ थान बन्दुक बाँडेका छौँ’, अध्यक्ष पौडेलले भने, ‘यसको उपयोगिता राम्रो देखिएको छ।’
बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको किसानहरूले बताएका छन्।
चौथी लगाउने टोल विकास संस्थाका अध्यक्ष वीर बहादुर थापाले वडा कार्यालयबाट बाँदर धपाउने बन्दुक पाएपछि किसानहरु खुसि रहेको सुनाउदै उनले भने, “वडाले किसानको लाखौको बालीनाली बचाउन राम्रो योजना लिएर आयो, हामी खुसी छौं।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation