गुफा दाैडकाे विजेता बने मिनबहादुर

गुफाक्षेत्रको पर्यटन प्रबर्द्धनका लागि रुपा-गुफा दौड प्रतियोगिता सम्पन्न भएको छ । हाेलि पर्वकाे अवसरमा आयाेजित साे दाैड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले क्रमशः मीन बहादुर बुढामगर(रु १० हजार),सन्तोष मल्ल(रु ७ हजार),कृष्ण आचार्य(रु ५ हजार) प्राप्त गरेका छन्

होली पुर्णिमाको अवसर पारेर यस प्रकारको रचनात्मक कार्यक्रम गाउँपालिका ५ नम्बर वडा अध्यक्ष मित्र बरुणध्वज मल्लकाे पहलकदमीमा गरिएको हाे । कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम वहादुर जिसी रहेका थिए । कार्यक्रममा गाैमुखी गाउँपालिकाका उपाध्यक्षकाे पनि सहभागीता रहेको थियाे ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले दाैडमा सहभागी हुने खेलाडीहरु तथा खेल जगतका अन्य कार्यक्रमका लागि पनि हरतरहले योगदान सहयाेग गरिने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले खेल तथा पर्या पर्यटनका माध्यमबाट गुफा क्षेत्रको योजनावद्ध विकासका लागि यसप्रकारका कार्यक्रमहरुले टेवा दिने बताउँदै आगामी दिनमा अझै दिगो एवं प्रभावकारी रुपमा अगाडि बढाउन सरोकारवाला पक्षहरु सबै एकजुट हुनुपर्नेमा जाेड गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation