
अखिल क्रान्तिकारीको नेतृत्वमा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा सरसफाई कार्यक्रम समापन भएको छ। प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी क्याम्पस कमिटिको अध्यक्ष सन्दिप केसीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा स्वर्गद्वारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुन्जबहादुर खडका, सहायक प्रमुख र प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।उक्त क्याम्पस स्तरिय सरसफाई कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष एवम नवनिर्वाचित स्ववियु सचिब प्रेम बहादुर बिश्वकर्मा,उपाध्यक्ष तारा बहादुर घर्ती एवम क्याम्पसका बिद्यार्थीहरुको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
क्याम्पस हाताभित्र झरेका पातहरु,सिस्नोको झाडी लगायत क्याम्पसमा भएका फोहोरहरुको उचित व्यवस्थापन गरिएको छ ।देशैभरका क्याम्पसहरुमा स्ववियु निर्वाचन भैरहदा प्यूठान जिल्ला भरनै सर्वसम्मत निर्वाचित भैसकेको र आज ५ गते स्ववियु चुनावको अवसरपारी यी यस्ता सरसफाई कार्यक्रमले क्याम्पसको पुर्वाधार बिकास मात्र नभई बिद्यार्थीको वैयक्तिक सोचको बिकास हुनेजस्ता पक्षहरुलाई ध्यान दिई सरसफाइ कार्यक्रम गरिएको क्याम्पस कमिटी अध्यक्ष सन्दिप केसीले प्राणमण्च डटकमलाई बताए ।
तस्बिर:सम्भु सुनार