असोज २२ देखि अग्रीम टिकट बुकिङ खुला

दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने  भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र व्यवसायीबीच शुक्रबार भएको छलफलले आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

 

अघिल्ला वर्षहरूमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिनाअगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष निकै ढिलो गरी अग्रिम बुकिङ खुलाइएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation