रमना पाठशालाको तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

दाङको घोराही  १२ रमना मा रहेको रमना पाठशालाको तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । स्कूलले सोमबार दाङ उद्योग वाणिज्यसंघको सभाहलमा विविध कार्यक्रमको आयोजना गरी आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको हो ।

विद्यालयका सेयर सदस्य तथा कार्यवाहक अध्यक्ष श्रीधरकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको विरेन्द्र चन्दकोअप्रमुख आतित्थ्यतामा सुरुभएको कार्यक्रमका विशिष्ट अतिथिहिरु मा।वि हापुर विजौरीका प्रधानाध्यपक गन बहादुर वली,मा।वि निघुवारका प्र।अ। अर्जुन न्यौपाने तथा हापुर स्वास्थ्यचौकीका इन्चार्ज तुल्सीराम गिरी हुनुन्थ्यो ।

प्रमुख अतिथिद्धारा गमलामा हुर्कदै गरेको विरुवामा पानी राखेर उत्घाटन गरिएको उक्त कार्यक्रममा बोल्दै चन्दले शिक्षाको गुणस्तर कायम गर्न र दक्ष जनशक्ति उत्पादन गर्नमा निजी विद्यालयहरुको महत्पूर्ण भूमिका रहेकाले आफूहरु सदैव निजी विद्यालयहरुको हकहितमा काम गर्ने र रमना पाठशालाले छोटो समयमै धेरै प्रगति गर्न सफल भएकोमा खुशी भएको बताए।

नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष तथा घोराही बनाउ अभियानका संयोजक सविन प्रीयासनले यो विद्यालयले धेरै प्रतिभावान विद्यार्थीहरु उत्पादन गरेको बताए ।घोराही बनाउअभियानले समाज र देश परिवर्तन गर्नका लागि काम गर्ने भन्दै दाङमा सबैभन्दा पहिले शैक्षिक क्षेत्रको सुधारका काम गर्ने र देशमा शिक्षा नीति फेरेर मात्र शिक्षा क्षेत्रलाई उत्कृष्ट बनाउन सकिने संयोजक प्रीयासनको भनाइ छ ।

कार्यक्रममा वि।सं २०७७ देखि निरन्तर काम गरेका ६ जना शिक्षक कर्मचारीहरु,विद्यालयमा अध्ययनरत विद्यार्थीका सबैभन्दा जेष्ठ अभिभावक ,अन्तराष्ट्रिय स्वर्ण पदक विजेता तेक्वान्डो प्रशिक्षक विरेन्द्र डाँगी लगाएत गतवर्ष विद्यालयमा प्रथम,द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुका साथै स्टान घोराही १२,घोराही नगर खेलकुद,प्याब्सन रनिङशिल्ड एवम् राष्ट्रपति रनिङशिल्डमा पदक जित्ने सम्पूर्ण छात्रछात्राहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सभ्य, भब्य र रमणीय बनाउनका लागि विद्यार्थीहरुले आ( आफ्नो संकृति झल्किने खालका एकल तथा सामूहिक नृत्य र विभिन्न खेलहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा संस्थापक प्रिन्सिपल विष्णु हमालले विद्यालयको इतिहास, वर्तमान अवस्था र भावी योजनाहरुका बारेमा प्रकाश पारे। साथै सोही कार्यक्रममा शिक्षक ज्योति घर्ती मगरले म शिक्षक कविता र अन्य शिक्षकहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । नयाँ टिम र नयाँ व्यवस्थापनको साथ संचालनमा आएको यो विद्यालयमा अहिले प्लेग्रुपदेखि १० कक्षासम्म पढाइ संचालनमा रहेको छ ।
उद्योग वानिज्यसंघ दाङको बहु उदेश्यीय सभाहल घोराही १४ मा सम्पन्न उक्त वाषिकोत्सव कार्यक्रममा ६०० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।
विद्यालयका शिक्षक अर्जुन घर्तीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक नोहित बम रसाइली र विकास घर्तीले गरेका थिए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation