बढ्दो सवारी दुर्घटना र न्यूनीकरणका उपायहरू

पछिल्लो समय देशकाे विभिन्न ठाउहरुमा ब्याप्त दुर्घटनाहरु भैरहेकाे खवर सुन्दा लाग्छ दुर्घटना नभई हत्या भैरहेकाे छ।

पछिल्लाे समययता भालुवाङमा ठुलाे दुर्घटना भयाे १२ जनाकाे ज्यान गयाे, राप्ती ८ पिपिरिमा दुर्घटना हुदा एकैघरका दिदी बहिनिकाे ज्यान गयाे, कपिलवस्तुमा दुर्घटना हुदा १० जनाकाे ज्यान गयाे । दाङकाे राप्ती ५ लठ्ठुहवा,लमहि १ नर्ति ,सिङ्गेखाेला पुलमा ,पिपिरी ,लगायत देशका विभिन्न ठाउमा दुर्घटना भई ज्यान मात्र हैन सारिरिक यवम मानसिक रुपमा क्षेतिहुदा समेत प्रदेश र केन्द्र सरकारले ठाेस निकास निकाल्न सकेकाे अवस्था छैन ।

बाटाे राम्रो नहुदा घटेका घटनालाई के भन्ने हत्या कि लापरबाही ? यसलाई दुर्घटना भन्न मिल्छ ?

नेपालमा धेरै दुर्घटना हुनुको पछाडि निम्नकारणहरु रहेका छन । 

जनचेतनाकाे अभाव ,सीप सिक्न ताेकियकाे ठाउँ नहुनु ,सवारी साधनकाे उचित मर्मत नहुनु , मादक पदार्थ सेवन गरि सवारी चलाउनु ,तिब्रगतिमा सवारी चलाउनु र नियम कानुनकाे जानकारी नहुनु आदि रहेका छन ।

दुर्घटना न्यूनिकरणका उपायहरु

यातायातका सवारीसाधनहरु बाईक ,स्कूटर ,बस ,कार लगायत सबै सबारिहरुकाे लाईसेन्सका लागि स्थानिय निकायले अनिवार्य रुपमा १ महिनाकाे तयारी ट्याल कक्षा सञ्चालन गरिदिनुपर्दछ।यसका साथै एक हप्ताकाे काेर्ष निर्माणगरि सवारी साधन ,मानव जीवन, जगत र सामान्य लापरबाही ले निम्तिएका भयानक दुर्घटना ,मापसे ,सवारीकाे अवस्था आदिकाे बारेमा लिखित, माैखिक र जानकारी मुलक भिडियाे बनाई सबैलाई अनिवार्य एक हप्ता कम्तिमा दिनकाे ६-७ घण्टाकाे काेर्ष लियर मात्र लाईसेन्स दिने गर्नुपर्छ ।

कहाँ गयर सिक्ने हाे नया सिकारुले ? कतै सरकारले बनायकाे स्थान छ ?
सिकारु सडकमा छिर्न पायपछी दुर्घटना नभई के हुन्छ ?

गाडिकाे अवस्था गाडिमा लागेकाे अस्वभाविक करका कारण मर्मत सम्भाहर हुदैन २००% कर के र कस्का लागि हाे सरकार ?करकाे पनि सिमा हुन्छ नि ! रिनिउ काे कर, लाईसेन्स रिनिउ, तेलमा कर अनि कसरी यउटा ब्यबसाय फस्टाउन सक्छ ? सरासर लुटतन्त्र बन्द गरिनुपर्छ ।

८५ मा आयकाे तेल १५०-१७० किन र कस्कालागि ? दैनिक कति लुटेकाे सरकार ? हिसाब किताब छ ? कर अनुसारकाे सेवा शुविधा के छ ? ब्यबसायिलाई ? अब सवारि दुर्घटनाकाे बारेमा यति हलुका हुनुहुदैन मनाेरञ्जनकाे साधन हैन सवारी आवस्यकता भैसकेकाे छ।

विभिन्न काेणबाट अध्ययन अनुसन्धान गरि सवारी दुर्घटनालाई सून्य बनाउनु सरकारकाे पहिलाे कर्तव्य र शुरक्षित यात्रा गर्न पाउनु जनताकाे अधिकारमाथि पटक पटक खेलवाड नगरियाेस ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation