Pranmancha

Advertisment

SKIP THIS

बेवारिसे बच्चाको अभिभावक बन्न नगरपालिकाको अपिल

११ फागुन, प्युठान

प्युठानमा करिब ३ हप्ता अगाडि बेवारिसे अवस्थामा भेटिएकी  शिशुको  हेरचाह वा अभिभावकत्वका लागी सम्पर्क गर्न  नगर्पालिकाले अपिल गरेको छ ।

प्युठान नगरपालिकाले एक सुचना जारी गर्दै जुम्रीमा वेवारिसे भेटिएकी नावालिकाको हेरचाह गर्न ईच्छुक ब्याक्तीले ७ दिनभित्र आवास्यक कागजपत्र सहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । प्युठान नगरपालिकाले उक्त शिशुको बुवाआमा हकदाबी गर्न १५ दिनको म्याद तोकेको थियो । १५ दिन सम्म हकदाबीका लागि  कोहि  नआएकोले मिति २०८०/११/०९ गते बसेको प्युठान नगरपालिकाको स्थानीय बाल अधिकार समितिको बैठकको निर्णय अनुसार यो सुचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारिले जानकारी दिए ।

उक्त शिशुलाई अहिले सम्म प्युठान अस्पतालले हेरचाह गर्दै आएको र शिशुको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको प्युठान अस्पतालका सुचना अधिकारी राजन घिमेरेले प्राणमञ्चलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation