Pranmancha

Advertisment

SKIP THIS

घनश्याम ढकाल महान सांस्कृतिक सहिद हुन्: चैतन्य

१३ फागुन, काठमाडौँ

साहित्यीक सहिद घनश्याम ढकालकाे “माक्र्सवादी साैन्दर्यशास्त्रकाे विवेचना र अन्य रचना” पुस्तककाे लाेकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

राजनीतिज्ञ एवम् साैन्दर्यशास्त्री विज्ञ चैतन्य, घनश्याम ढकाल साँस्कृतिक प्रतिस्ठानका अध्यक्ष निनु चापागाईं र नेतृ सावित्रा दुरा आस्थाले संयुक्त रुपमा साे पुस्तककाे शनिबार नेपाल प्रज्ञा भवन काठमाण्डाैंमा सार्वजनिक गरे ।

बि.सं. २०१० सालमा जन्मिएका ढकालकाे २०६८ मा निधन भएको थियाे । जीवनभर उनले माक्र्सवादी कला-साहित्यकाे उनन्वय र जनजागरणकाे अभियानमा महत्त्वपूर्ण याेगदान पुर्‍याएकाेले उनी सांस्कृतिक सहिद भएको माेहन वैद्य किरणले बताए । माक्र्सवादी कला-साहित्यलाई समाज रुपान्तरणकाे अभिन्न अंग मानेर कलम चलाएका साहित्यकार ढकालका विभिन्न आलेख/निबन्धलाई निनु चापागाईंले र बन्दना ढकालले सम्पादन गरेका छन् भने घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेकाे छ ।

लाेकार्पण कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा क्रान्तिकारीका महासचिव समेत रहेका माेहन वैद्य किरणले ढकाल मुक्ति आन्दाेलनलाई नै सिर्जना यात्राकाे अभिन्न अंग मानेर साहित्यमा लागेका महान याेद्धा भएको बताए ।
उनले घनश्यामले समाज रुपान्तरण र राजनीतिक एवम् साँस्कृतिक रुपान्तरणमा कलम चलाएर पार्टी, राजनीति र विचारप्रति प्रतिबद्ध रहेका साहसिक याेद्धा रहेकाे कार्यक्रममा उपस्थितहरुलाई स्मरण गराए ।

 

प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले घनश्याम ढकाल जुझारु साैन्दर्यशास्त्री याेद्घा भएको बताए ।
समापन कार्यक्रममा बाेल्दै चापागाईंले सानाे उमेरमै बा-आमा बितेका ढकालले १२ वर्ष अध्यापन पेशा गरेका र क्रान्तिकारी आन्दोलनका सच्चा सिपाही र समाज रुपान्तरणका असल मालेमावादी साहित्यकार भएको बताए ।

पुस्तकलाई पहिलो खण्डमा माक्र्सवादी साैन्दर्यशास्त्रकाे विवेचना, दाेस्राे खण्डमा साैन्दर्यशास्त्रकाे आँखीझ्याल र तेस्राे खण्डमा फुटकर रचना गरि तीन खण्डमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation