दाङ क्रिकेट लिग–२: ट्रफी र टिम क्याप्टेन सार्वजनिक, प्रतियोगिताको उद्घाटन भोलि

१३ फागुन, दाङ

दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता नेपाल टेलिकम दाङ क्रिकेट लिग सिजन–२ को ट्रफी र टिम क्याप्टेन आइतबार दाङ क्रिकेट संघले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
जस्मा घोराही टाईगर्सको सुशान्त सिंह थापा, देउखुरी वारियर्सको विशाल बिक्रम केसि, पुरन्धारा च्यालेन्जर्सको मोहन खत्री, तुलसीपुर रोयल्सको दिवान पुन र दंगाली लायन्सको बिपिन खत्री टिमका कप्तान रहेका छन् ।

प्रतियोगिताको उद्घाटन भोलि सोमबार बिहान ९ बजे लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री राजु खनाले गर्ने दाङ क्रिकेट संघका सचीव सन्जु केसिले बताउनु भयो । उद्घाटन खेल साविक विजेता घोराही टाईगर्स र दंगाली लायन्स बीच हुने छ । सम्पूर्ण फ्रेन्चाईज क्लबले एक अर्का संग खेल्ने छन जस्मा शीर्ष २ क्लव उपाधिका लागि फागुन १९ गते भिड्ने दाङ क्रिकेट संघका सचीव सन्जु केसिले जानकारी दिनु भयो ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation