१३ फागुन, अर्घाखाँची
क्रन्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई नेता १५ दिनको हिरासत बसाइ पछि धरौटिमा रिहा भएका छन ।
केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज हुकुम खड्का र पार्टी जिल्ला सह-संयोजक नरिस्वर पाण्डे १५ दिनको हिरासत बसाइ पछि जिल्ला अदालत अर्घाखाँचीबाट दश दश हजार धरौटी तिरेर रिहा भएका हुन् ।
उनीहरु गत दुई हप्ता अघि एक शिक्षकलाई कालाेमाेसाे दलेकाे आराेपमा पक्राउ परेका थिए ।