बारा विस्फोट : मृतकको संख्या तीन पुग्यो, दुईजना पक्राउ

१५ फागुन,बारा

बाराको निजगढ नगरपालिका- ७ रोहित वर्कसपमा बम जस्तो देखिने शंकास्पद वस्तु पड्किदा घाईते मध्येका थप दुईसहित तीन जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ।

घाइतेमध्ये मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल र विरगंज महानगर पालिका वडा –९ वस्ने ३४ का बस्ने बर्ष २० को रितु रजत रहेका छन।

उनीहरुको बयोधा अस्पताल बिरगन्जमा मृत्यु भएको हो। यस अघि सो घटनामा बर्कशप सञ्चालक निजगढ नगरपालिका ९ का रेशम जर्घा मगरको घटनास्थलमानै मृत्यु भएको थियो।

सख्त घाइतेहरुमा विरगंज महानगरपालिका वडा–९ वस्ने ३४ काफिरोद देवान र भारत रामगढवा बस्ने बर्ष २० को अरीवन साह रहेका छन्।

कवाड सञ्चालक राज जैसवालले सो बम जस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएका र वर्कशपमा काट्ने क्रममा सो बम जस्तै देखिने वस्तु विस्फोट हुँदा सो घटना भएको हो ।

जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक शुरेस काफ्लेले बताए।

यता अनुसन्धानमा खटिएको प्रहरीले सिसिटिभी हेर्ने र सो बिक्रीमा संलग्न रहेकाहरुको पहिचानका लागि गएराति दुई स्थानमा छापा मारी थप मानिस पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation