नामिबियाका ईटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान

१५ फागुन, काठमाडौँ

नामिबियाका ब्याट्सम्यान जन निकोल लफ्टी ईटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका छन् । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय शृङ्खलाको नेपालविरुद्धको खेलमा उनले यस्तो कीर्तिमान बनाएका हुन् । ईटनले केवल ३३ बलमा शतक पुरा गरेका हुन् । कुशल मल्लले भने सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा एसियाली खेलकुदअन्तर्गत खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation