गृह मन्त्रालयको प्रशासन महाशाखाको जिम्मा गौतमलाई

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौतमलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् । उनले यसअघि नीति, योजना तथा मूल्यांकन शाखाको जिम्मा सम्हाल्दै आएका थिए ।

प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएको थियो । तर, प्रशासन महाशाखा नै सह–सचिवविहीन हुँदा काम अघि बढ्न सकेको थिएन ।

समायोजन समितिको सह–संयोजकमा नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सह–संयोजक, प्रहरी प्रधान कार्यालयका डीआईजी, गृहका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासनका शाखा उपसचिव सदस्य रहने भनिएको छ ।

-अ.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation