प्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पोख्रेललाई काठमाण्डौ महानगर प्रहरीले बिना कारण निर्घात कुटपिट गरेको छ । सुन्धारा अगाडि फुटपाथ व्यवसायी र महानगर प्रहरीबिच चलिरहेको चर्काचर्की र हातपातको विषयमा रिपोर्टिङ गरिरहेका निजलाई प्रहरी जत्थाले मरणासन्न हुने गरी कुटपिट गरी उनीसँग भएको ल्यापटप, क्यामेरा, मोबाइल, फलफूल, लत्ताकपडा र मिठाईजन्य वस्तुहरु सबै लुटपाट गरेको छ ।
समाचारको लागि फोटो र भिडियो लिइराखेका सो मिडियाका प्रधान सम्पादक पदममाथि निर्घात कुटपिट गरी महानगरकै गाडीमा राखेर कुट्दै कुट्दै काठमाण्डौं महानगरसम्म लगिएको थियो ।
महानगर प्रहरीले कुटपिट र लुटपाट गरी निशस्त्र बनाइएका उनलाई त्यहाँबाट महानगरीय प्रहरी ९नेपाल प्रहरी० ले सुरक्षा प्रदान गरेको हो । सुन्धाराबाट महानगर परिसर जाँदासम्म बाँकी सबै सामान नगर प्रहरीले एकरएक गरी च्यातचुत र तोडफोड गरी गाडीबाट बाहिर फ्याकिदिएको र निजलाई पनि मार्नेगरी घाँटी अठ्याउँदै गुडिरहेको गाडीबाट फ्याँक्न खोज्दा अपवादका केही प्रहरी जवानले रोकेको पदम प्रसाद पोख्रेलले बताएका छन् ।
दायाँ खुट्टामा गम्भीर चोट लागेको उनको शरीरभरी निलडाम र चोटपटक छन् । नाक र मुखबाट रगत बगिरहेको स्थितिमा नेपाल प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको लागि लगेको थियो । प्रहरीको कुटपिटबाट अन्य ५ जना फुटपाथ व्यवसायी र दुई जना महानगरका प्रहरी पनि गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
फुटपाथ व्यवसायीलाई प्रहरीले जबर्जस्त हटाउन बल प्रयोग गरेपछि व्यवसायीहरुले पनि वरपर भेटिएका ढुङ्गा प्रहार गरी प्रतिरोध गरेका थिए । साढे ९ बजे अस्पताल पुर्याइएका घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार चलिरहेको छ भने पदम प्रसाद पोख्रेलको घुँडा र तिघ्राको लिगामेन्ट च्यात्तिएको उपचारमा संगलग्न स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
उनलाई राति १ बजे उपचारपछि डिस्चार्ज गरिएको छ भने उनीसँग ल्यापटप, क्यामेरा, मोबाइल, लत्ताकपडा, फलफूल, क्यामेरा ब्याग लगायत झण्डै ६ लाखको सामग्री महानगर प्रहरीले जफत गरेको छ । पीडितले कानुनबमोजिम कारबाही र क्षतिपूर्तिको लागि सम्बद्ध सबैमा अपिल गरेका छन् । विगत १३ वर्षदेखि सञ्चार क्षेत्रमा क्रियाशील पोख्रेल नेपाल पत्रकार महासंघ प्यूठानका क्रियाशील सदस्य हुन् भने प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक हुन् ।
यस्तो थियो घटना विवरणस्
साँझ ८ बज्दै थियो । प्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकमका प्रधान सम्पादक १० दिनको काठमाण्डौं बसाइ सकेर कर्मथलो दाङ फर्कने तयारीको लागि पदम प्रसाद पोख्रेल न्युरोड बजार घुमे । कार्यालय प्रयोजनको लागि थान ल्यापटप किनेसँगै जहानपरिवारको लागि केही लत्ताकपडा, गुदपाकरपुष्टकारी तथा फलफूल गरि झन्डै ११ हजारको सामान किन्छन् ।
साढे आठ बजेको रात्री बसमा घोराही जानको कलंकीबाट बस चढ्ने गाडी स्टाफसँगको सल्लाह बमोजिम सुन्धारा अगाडि पठाओको लागि कुराकानी हुँदै गर्दा एकहुल फुटपाथ व्यवसायी सुन्धारा चोकमा जम्मा हुन्छन् । फुटपाथ व्यवसाय गर्न नदिने महानगरको निर्णय बमोजिम झण्डै १ सयको हाराहारीमा रहेको प्रहरीले व्यवसायीमाथि लाठी बजार्न सुरु गर्छ ।
एक जना व्यवसायीलाई कुटिरहेको प्रहरी जत्थाले पत्रकारको परिचयपत्र भिरेर अलिक टाढाबाट रिपोर्टिङ गरिरहेका पदममाथि एक दर्जन बढी प्रहरी दौडिएर उनलाई एक्कासि आक्रमण गर्छ । एक दर्जको हुलमा क्रमशः थपिँदै सबैजसो प्रहरीले उनीमाथि लाठीचार्ज, मुक्का र बुट बजार्दै लछारपछार गर्छन् र मोबाईल, क्यामेरा, ल्यापटप आदि सबै सामान रहेको झोला अन्धाधुन्ध फ्याक्दै झण्डै १० मिनेटसम्म कुटेर महानगरको गाडीमा कुनै निर्जीव वस्तुजस्तै फ्याँक्छन् ।
त्यसपछि ट्रकमा चढेका सबैले निजमाथि निर्घात कुटपिट गर्दै गुडिरहेको ट्रकबाट फ्याँक्ने धम्की दिँदै उचाल्झन् । अर्धबेहोस अवस्थामा रहेको सञ्चारकर्मीको हुलहुज्जतको त्यो प्रहरी जत्थाले कु कुनै अनुनय सुन्थ्यो न त कुनै दयाभाव नै देखाउँथ्यो ।
कैयौं सामान हुलमै गुमाएका पदमलाई ज्यान कसरी जोगाउने भन्ने सकस भयो । नेपाल प्रहरीले मानिस पक्राउ र कुटपिट गर्ने अधिकार कसले भन्दै नगर प्रहरीलाई हप्काउँदा सबै नाजबाफ हुन्छुन् । व्यवसायी र पत्रकारलाई एउटै ट्रकमा कोचेर कुट्दै महानगर पुर्याएका महानगर प्रहरी कमान्डर नेपाल प्रहरीका डिएसपीले बुझ्नखोज्दा रन्थनिएर फरार हुन्छन् ।
प्रतिरोधमा उत्रिएका व्यवसायीले वरपर भेटिएका ढुङ्गा मुढा बर्साउन खोज्छन् । झण्डै सयकै हाराहारीमा रहेका फुटपाथ व्ययवसायी प्रहरीको लाठीचार्ज र निर्घात कुटपिटबाट ५ जना बढी गम्भीर घाइते हुन्छन् भने दुई प्रहरी पनि घाइते हुन्छन् ।
कुटपिट र गिरफ्तारी गर्ने अधिकार नगर प्रहरीलाई छ र ?
महानगर प्रहरीले कुनपनि सर्वसाधारणलाई कुटपिट र गिरफ्तारी गर्ने अधिकार दिएको छैन । उनीहरुले सामान्यतयास् उत्पन्न समस्याको विषयमा सौहाद्र छलफल गर्ने, सम्झाइबुझाई गर्ने र स्थिति नियन्त्रणमा आउन नसके नेपाल प्रहरीलाई खबर गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर बालेनको फौजले उक्त कार्यविधि लत्याउँदै माइकिङ तथा बल प्रयोग गर्नुपर्ने स्थितिको जानकारी नगराई व्यवसायीमाथि मरणासन्न हुनेगरी कुटपिट, धरपकट गरेको हो ।