१७ फागुन काठमाडौँ
काठमाडौँँको वसुन्धरा सडक व्यापारी र महानगर प्रहरीबिच झडपमा समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ ।
नेपाल पत्रकार महासंघ प्युठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ प्युठानले ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तो थियो घटना विवरण
साँझ ८ बज्दै थियो । प्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकमका प्रधान सम्पादक १० दिनको काठमाण्डौं बसाइ सकेर कर्मथलो दाङ फर्कने तयारीको लागि पदम प्रसाद पोख्रेल न्युरोड बजार घुमे । कार्यालय प्रयोजनको लागि थान ल्यापटप किनेसँगै जहानपरिवारको लागि केही लत्ताकपडा, गुदपाकरपुष्टकारी तथा फलफूल गरि झन्डै ११ हजारको सामान किन्छन् ।
साढे आठ बजेको रात्री बसमा घोराही जानको कलंकीबाट बस चढ्ने गाडी स्टाफसँगको सल्लाह बमोजिम सुन्धारा अगाडि पठाओको लागि कुराकानी हुँदै गर्दा एकहुल फुटपाथ व्यवसायी सुन्धारा चोकमा जम्मा हुन्छन् । फुटपाथ व्यवसाय गर्न नदिने महानगरको निर्णय बमोजिम झण्डै १ सयको हाराहारीमा रहेको प्रहरीले व्यवसायीमाथि लाठी बजार्न सुरु गर्छ ।
एक जना व्यवसायीलाई कुटिरहेको प्रहरी जत्थाले पत्रकारको परिचयपत्र भिरेर अलिक टाढाबाट रिपोर्टिङ गरिरहेका पदममाथि एक दर्जन बढी प्रहरी दौडिएर उनलाई एक्कासि आक्रमण गर्छ । एक दर्जको हुलमा क्रमशः थपिँदै सबैजसो प्रहरीले उनीमाथि लाठीचार्ज, मुक्का र बुट बजार्दै लछारपछार गर्छन् र मोबाईल, क्यामेरा, ल्यापटप आदि सबै सामान रहेको झोला अन्धाधुन्ध फ्याक्दै झण्डै १० मिनेटसम्म कुटेर महानगरको गाडीमा कुनै निर्जीव वस्तुजस्तै फ्याँक्छन् ।
त्यसपछि ट्रकमा चढेका सबैले निजमाथि निर्घात कुटपिट गर्दै गुडिरहेको ट्रकबाट फ्याँक्ने धम्की दिँदै उचाल्झन् । अर्धबेहोस अवस्थामा रहेको सञ्चारकर्मीको हुलहुज्जतको त्यो प्रहरी जत्थाले कु कुनै अनुनय सुन्थ्यो न त कुनै दयाभाव नै देखाउँथ्यो ।
कैयौं सामान हुलमै गुमाएका पदमलाई ज्यान कसरी जोगाउने भन्ने सकस भयो । नेपाल प्रहरीले मानिस पक्राउ र कुटपिट गर्ने अधिकार कसले भन्दै नगर प्रहरीलाई हप्काउँदा सबै नाजबाफ हुन्छुन् । व्यवसायी र पत्रकारलाई एउटै ट्रकमा कोचेर कुट्दै महानगर पुर्याएका महानगर प्रहरी कमान्डर नेपाल प्रहरीका डिएसपीले बुझ्नखोज्दा रन्थनिएर फरार हुन्छन् ।
प्रतिरोधमा उत्रिएका व्यवसायीले वरपर भेटिएका ढुङ्गा मुढा बर्साउन खोज्छन् । झण्डै सयकै हाराहारीमा रहेका फुटपाथ व्ययवसायी प्रहरीको लाठीचार्ज र निर्घात कुटपिटबाट ५ जना बढी गम्भीर घाइते हुन्छन् भने दुई प्रहरी पनि घाइते हुन्छन् ।
कुटपिट र गिरफ्तारी गर्ने अधिकार नगर प्रहरीलाई छ र ?
महानगर प्रहरीले कुनपनि सर्वसाधारणलाई कुटपिट र गिरफ्तारी गर्ने अधिकार दिएको छैन । उनीहरुले सामान्यतयास् उत्पन्न समस्याको विषयमा सौहाद्र छलफल गर्ने, सम्झाइबुझाई गर्ने र स्थिति नियन्त्रणमा आउन नसके नेपाल प्रहरीलाई खबर गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर बालेनको फौजले उक्त कार्यविधि लत्याउँदै माइकिङ तथा बल प्रयोग गर्नुपर्ने स्थितिको जानकारी नगराई व्यवसायीमाथि मरणासन्न हुनेगरी कुटपिट, धरपकट गरेको हो