१७ फागुन, काठमाडौँ
काठमाडौँँको सुन्धारा सडक व्यापारी र महानगर प्रहरीबिच झडपमा समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ ।
नेपाल पत्रकार महासंघ प्युठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति श्रमजीवी पत्रकार संघ नेपालको ध्यानाकर्षण भएको विज्ञपतिमा उल्लेख छ ।
बुधवार साँझ काठमाडौँको सुन्धारामा महानगर प्रहरीले सडक व्यापारीहरूलाई बलपूर्वक हटाइ रहेको थियो । सोही विषयको भिडियो खिचिरहेको अवस्थामा पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले आक्रमण गर्दै पत्रकार पोख्रेलको मोबाइलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरू जफत गरेको थियो ।