ट्रिपरले ठक्कर दिँदा २ जनाको मृत्यु, तीन जना घाईते

१८ फागुन, मोरङ

मोरङको बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेको सनाखत नभएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम तर्फ गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । उक्त गाडीमा ५ जना रहेको मध्य दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । घाइतेहरुको  विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठोक्किएको  थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation