दुईजना सशस्त्र प्रहरी घाइते, भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप

 बीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्करहरु र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

२५ वर्षीय नरेश यादव र वर्षीय आयुष राय यादव घाइते भएका हुन्। उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

कानमा १८ वटा टाँका लगाइएको छ। नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए।आयुषको देब्रे कानमा चोट लागेको छ। नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ। डाक्टर सिंहले जानकारी दिए, दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ ।

ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारीदीनु भयाे, नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप हुँदा दुईजना जवान घाइते भएको र स्थिति सामान्य रहेको छ।

पर्साको जगरनाथपुर गाउँपालिका(१ पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनी भारतीय बालुवा तस्करले बालुवा उत्खनन गरेर लैजाने गरेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टी र पिडारीगुठीको संयुक्त टोलीले तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको थियो ।

भारतीय गाउँ गदियानी भंगहाका बासिन्दा खोलामा आई ट्याक्टर छुटाउन खोज्दा झडप भएका थियो । नियन्त्रणमा लिएका ट्याक्टर पनि भारतीयहरुले खोसेर लगेका छन भने भारतीयहरुले लाठि, भाठा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेका थिए ।

ओरिया खोलामा वर्षौदेखि नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन । भारतीय बालुवा तस्करसँग पटक(पटक विवाद र झडप भइसकेको छ । उत्खनन रोक्न खोज्दा भारतीयहरुले सुरक्षाकर्मीलाई नै कुटपिट गर्ने, हतियार खोस्ने जस्ता कार्यहरु गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation