पोग्बाले छाडे युनाइटेड

फ्रान्सेली स्टार खेलाडी पाउल पोग्बाले म्यान्चेस्टर युनाइडेड छोड्ने भएका छन् ।

सिजनको अन्त्यसँगै क्लबसँगको सम्झौता सकिने भएपछि उनी फ्रि ट्रान्सफरमा जाने भएका युनाइटेडले जनाएको छ ।

पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट कीर्तिमानी मुल्य ८६ मिलियन युरोमा युनाइटेड आएका हुन् ।

पोग्बाले युनाइटेडमा २२६ खेल खेल्दै ३९ गोल गरेका छन् । फ्रान्सेली टोलीका खेलाडी पोग्बाले राष्ट्रिय टोलीका लागि ९१ खेल खेलेर ११ गोल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation