मोम्चो कथा सङ्ग्रहमाथि अन्तरक्रिया

वसन्त पराजुलीको कथा सङ्ग्रह ‘मेम्चो’बारे अन्तरक्रिया गरिएको छ । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा बुधबार अनामनगरस्थित निम्तोको सभाहलमा आयोजित कार्यक्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. सावित्री कक्षपतिले मोम्चोबारे समीक्षात्मक टिप्पणी गरे ।

मोम्चो चेपाङ भाषाको नारी अर्थ बुझाउने शब्द भएकाले यसले नारी समस्यामा बढी केन्द्रित रहेको टिप्पणी गर्दै प्रा.डा. गौतमले भने, “मोम्चो कथा सङ्ग्रहले नेपाली कथा परम्परामा नयाँ प्रवृत्तिको सुरुवात गरेको छ । यसमा पत्रकारिताको विषयवस्तु र शैलीगत नवीनता पाइन्छ । अबको १०, १५ वर्षपछि यो विषयको अध्ययन अनुसन्धानमा र कथाको इतिहास लेखनका क्रममा मोम्चोको मूल्याङ्कन हुनेछ ।” यस सङ्ग्रहमा पुरुष सत्ताको विरोध, नारी पीडा, कोरोना भोगाइ, चेपाङ जातिको रीति, थिति र संस्कृति जस्ता गहन विषय उठान गरेको उनले बताए । तर तात्कालिक मूल्यका लागि यो कृति उच्च भए पनि शास्वत र ऐतिहासिक मूल्यका दृष्टिले केही कमजोर भएको उनले बताए । शास्वत मूल्य भएका कथा दीर्घकालीन र जीवन्त हुन्छन् । 

यसैगरी कृतिको समालोचनात्मक टिप्पणी गर्दै प्रा.डा. सावित्री कक्षपतिले यो कथा सङ्ग्रहका कथा महिलाका समस्यामा केन्द्रित रहेका र कतिपय कथाको उठान उत्कृष्ट भए पनि समापन उत्कृष्ट नभएको बताइन् । उनले महिला पात्रको भोगाइ, पीडा र कुण्ठा जस्ता विषयवस्तुलाई उठान गरे पनि त्यसको कारकलाई कथामा प्रस्तुत गर्न नसक्नु कथाकारको कमजोरी भनी औँल्याइन् । उनले भनिन्, “हरेक पाठकले फरक फरक दृष्टिले कथाको आस्वादन गर्छ, पठनका क्रममा फरक फरक अनुभूति र विश्लेषण गर्छ, लेखकले भनेकै अर्थ पाठकले निकाल्दैन, उसका पीडा र व्याथालाई कथामा सामान्यीकरण गर्छ । त्यस्तै सामान्यीकरण गर्दा महिलालाई समस्यामा पार्ने, शोषण गर्ने व्यक्तिको, पेशाको नामै तोकेर कथामा भन्न सक्नुपथ्र्यो ।” उनले कथाहरूले कसैलाई सन्तानको आश्यकता भई सेरोगेसी र कतै सहरिया महिलाले शरीर विग्रन्छ भनेर बच्चालाई दूधसम्म खुवाउन नमान्ने नेपाली समाजका विकृति विसङ्गतिको चित्रण यसमा रहेको उनले बताइन् ।

यसैगरी कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ रोदनले पत्रकारिता पेसामा संलग्न वसन्त पराजुलीले २०७६ देखि कथा विधामा कलम चलाई यो उचाइ प्राप्त गर्न सक्नु नेपाली साहित्यका लागि एकदमै खुसीको कुरा भएको बताए । उनले भने, “नेपाली साहित्यमा दशौँ वर्षदेखि समर्पित सर्जकहरू अझै गुमनाम छन् तर वसन्तले करिब तीन वर्षकै अवधिमा ‘कुआमा’ र ‘मोम्चो’ कथा सङ्ग्रह प्रकाशित गरी करिब ३, ४ वटा पुरस्कार नै प्राप्त गरिसक्नु भएको छ । यो उहाँका लागि मात्र नभएर नेपाली साहित्य क्षेत्रकै महत्त्वपूर्ण उपलब्धि हो ।”   

कथा सङ्ग्रहका सर्जक वसन्त पराजुलीले मोम्चोमा सङ्ग्रहित कथाका विषयवस्तु रिपोर्टिङमा देखेभोगेका वास्तविक घटनामा आधारित भएको बताए । उनले भने, “यसमा सङ्ग्रहित कथाका कथावस्तु, पात्र र घटनाहरू वास्तविक हुन् । चेपाङ बस्तीभित्रका बालविवाह, बहुविवाह स्थलगत अध्ययनका आधारमा तयार पारेका हुन् । यसका हरेक घटना वास्तविक जीवनमा आधारित छन् । त्यसलाई नै कथात्मकता दिएको छु ।”  

उक्त कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, साहित्यकारहरू उषा शेरचन, राधेश्याम लेकाली, पवन आलोक, जयदेव भट्टराई, अश्विनी कोइराला, तुलसीहरि कोइराला, केदार भट्टराई, विपुल पोखरेल, श्रीराम राई लगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation