Pranmancha

Advertisment

SKIP THIS

लागुऔषध सहित मेडिकल सञ्चालक दम्पत्ति पक्राउ

लागु औषधसहित मेडिकल सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

१४ माघ राति मेडिकल पसलमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली  खटिएको थियो ।

उक्त टोलीले पसलभित्र खानतलासी गर्दा कार्टुनमा लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल सञ्चालक धरान–३ का ४१ वर्षीय सुरज बनेम र उनकी श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो ।

यसैगरी धरान–८ का ३१ वर्षीय सन्तोष परियार र उनकी श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

अ.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation