नेकपा एकताबाट जनताले के पाए ? एकता कति सार्थक ?

काठमाडौं । तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रका बीच आजकै दिन अर्थात् ०७५ जेठ ३ मा पार्टी एकता घोषणा भएको थियो । भिन्न–भिन्न पृष्ठभूमिबाट नेपाली कम्युनिष्ट आन्दोलनमा उदाएका यी पार्टीबीचको एकताले निकै ठुलो तरंग पनि पैदा गर्यो । पार्टी एकतापूर्व दुई पार्टीबीच चुनावी तालमेलसमेत भएको थियो । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा ६० र ४० प्रतिशतको दरले चुनावी तालमेल भएको थियो । चुनावमा आएको उत्साहजनक जीतसँगै दुई पार्टीबीच एकता घोषणा भएको हाे ।

आज एकता घोषणा भएको २ वर्ष पुरा भएको छ तर, अझै पनि एकता प्रक्रिया भने पुरा भएको छैन् । अत्यन्तै उत्साहप्रदक रुपमा भएको पार्टी एकताले अहिले खासै जनता तथा कार्यकर्ता खुसी हुने स्थिति बनेको छैन् । जुन उत्साहका साथ जनमत प्राप्त भएको थियो उक्त जनमतका आधारमा बनेको सरकारबाट जनता सन्तुष्ट बनेका छन् । सरकार सञ्चालनको झण्डै आधा समय गुज्रिँदा पनि सामान्य जनअपेक्षाका कामहरु हुन सकेका छैनन् । पछिल्लो समय त झन् पार्टी नै फुट तथा विभाजन तर्फ जाने त होइन् भन्ने आशंका पनि पैदा भएको छ ।

पार्टी एकताको यो घडीमा खबर डबलीले पार्टी एकताबारे नेकपाकै नेताहरुसँग कुराकानी गरेको छ । पार्टी एकतासँगै देखिएको उत्साहका बीच पलाउँदै गएको निराशाबारे जान्ने पर्यत्न गरेको छ । खबर डबलीले नेकपा निकट बुद्धिजिवि संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा, ट्रेड युनियन महासंघका संयोजक विनोद श्रेष्ठ र अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङसँग पार्टी एकताबारे कुराकानी गरेकाे छ । पार्टी एकताले जनतालाई दिएको उत्साहबारे लिइएको प्रतिक्रिया जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation