एमाले नेता (गभर्नर)काे बिराेधमा अखिलकाे प्रदर्शन

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र वाइसिएलले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतिघरमा माओवादीनिकट भ्रातृ संगठनले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘बार्दलीको हनुमान गभर्नर’, ‘गोबर नर’, ‘एम कि गभर्नर ?’ ‘गभर्नर या एमालेको सदस्य’लगायतका प्लेकार्ड बोकेका थिए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीको आलोचना भइरहेको छ ।

अखिल (क्रान्तिकारी) र वाइसिएलले गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation