गुराँस गाउँपालिकामा करार कर्मचारी र प्रहरीविच झडप

दैलेखको गुराँस गाउँपालिकामा हवाई फायर भएको छ । करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबीच झडप भएको हो ।

झडपमा ७ जना घाइते भएको प्रहरी प्रमुख भुवनेश्ववर शाहले जानकारी दिए । घाइते हुनेमा पाँच जना प्रहरी रहेका छन् भने अन्य दुई जना आन्दोलनकारीहरु रहेका छन् ।

आन्दोलनले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीको भनाइ छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि सुर्खेत ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation