खडेरी र उच्च तापक्रम बृद्धिले संसारका आधा मानिस जोखिममा, अत्यन्तै गम्भीर स्थिति आइपर्ने विज्ञहरुको चेतावनी

दक्षिण पश्चिम युरोपमा उग्र गर्मीको लहरसँगै हाल युरोपेली संघ ९इयू० को झन्डै आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्। युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको बताइएको हो।

इयूको ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ भने यहाँका खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ। खडेरीको सबैभन्दा बढी प्रभाव इटाली र यहाँको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको ‘पो रिभर बेसिन’ले खडेरीको उच्चतमस्तर सामना गरिरहेको रिपोर्टमा उल्लेख छ।

स्पेनमा हाल १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा अन्य वर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको उक्त रिपोर्टमा उल्लेख छ। त्यस्तै, पोर्चुगलमा जलविद्युत् ऊर्जा उत्पादन गर्ने पानी गत सात वर्षको औसतभन्दा आधा कम छ। युरोपेली मौसमविज्ञहरूले पानीको अभाव र तीव्र तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटालीमा बालीको उत्पादन कम हुने चेतावनी दिए। इयूको मौसम पूर्वानुमान शाखाले पनि यस पहिले नै खडेरीको पूर्वानुमान गरेको छ। शाखाले ‘अत्यन्तै गम्भीर स्थिति’ को सामना गर्नुपर्ने र कृषि, ऊर्जा र पानीको आपूर्तिमा पर्ने प्रभावलाई झनै चर्काउने जनाएको थियो।

स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु तापक्रम ४५ डिग्रीसेल्सियस पुग्याे

स्पेनमा केही समययता गर्मी बढेर तातो हावा चलेको छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान गुमाउने व्यक्तिको संख्या पाँच सय १० पुगेको छ। मन्त्रालयका अनुसार यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरूको ज्यान जाने क्रम पनि रोकिएको छैन।

यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो। गर्मीका कारण जनजीवन निकै कष्टकर बनेको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ एक सय ५० जनाको ज्यान गएको जनाएको छ।

तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको र सोमबारसम्म पाँच सय १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरूमध्ये तीन सय २१ जना ८५ वर्षभन्दा माथिका रहेका बताइएको छ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ। राससरसिन्ह्वा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation