ज्येष्ठ नागरिकसम्बन्धी विधेयक ः आमाबाबु नपाल्ने छोराछोरीको सम्पत्ति जफत हुने

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को ९पहिलो संशोधन० विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो ।

विधेयकले ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार वा आपराधिक घटनामा छिमेकीले पनि उजुरी दिन पाउने व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकका धेरै विषय यसअघिको ऐनमा छुटेका कारण यसपटक संशोधन प्रक्रियामा रहेको विधेयकमा छुटेका विषयलाई समेटिएको मन्त्रालयकी ज्येष्ठ नागरिक शाखा प्रमुख सविता अर्यालले जानकारी दिइन् । उनका अनुसार यसअघि बनेको ऐन २०६३ हो । त्यसमा ज्येष्ठ नागरिकका मौलिक अधिकारका विषयसमेत छुटेका थिए ।

०७२ को संविधानअनुसार ज्येष्ठ नागरिकलाई अधिकार दिलाउन नसकिएकाले अहिले संविधानअनुकूल विधेयक तयार भएको अर्यालको भनाइ छ । ‘हामीले अघि बढाएको प्रस्ताव राष्ट्रिय सभामा गयो, त्यहाँबाट संसदीय समिति हुँदै प्रतिनिधिसभामा गएको हो,’ उनले भनिन्, ‘विधेयकमा ज्येष्ठ नागरिकका महŒवपूर्ण विषय समेटिएका छन् ।’ उनले ०७२ को संविधानअनुसार ऐन नभएकाले पनि संशोधनको खाँचो परेको जानकारी दिइन् ।

कांग्रेस सांसद मानकहादुर विश्वकर्माले नयाँ विधेयक आवश्यकताअनुसार नै पारित भएको बताए । उनले ज्येष्ठ नागरिकका कैयौँ हक अधिकार यसअघिको कानुनमा नसमेटिएकाले ऐन संशोधन गर्नुपर्ने अवस्था भएको जानकारी दिए । ‘पुरानो कानुनका कारण कतिपय ज्येष्ठ नागरिकले दुःख पाएका छन्, उनीहरूले आफूले पाउनुपर्ने सम्पत्तिको हक पनि नपाएको अवस्था छ, यस्ता कैयौँ अधिकारबारे उक्त विधेयकमा छलफल भएको थियो,’ उनले भने । विश्वकर्माका अनुसार विधेयकमा आमाबाबु र बुढाबुढी नपाल्ने छोराछोरीलाई सजाय हुने व्यवस्था पनि समेटिएको छ ।

लोसपा सांसद लक्ष्मणलाल कर्णले ज्येष्ठ नागरिकको अधिकार नयाँ विधेयकले समेटेको बताए । उनले संविधानको मर्मअनुसार ज्येष्ठ नागरिकलाई विधेयकले समेटेको जानकारी दिए । ‘अन्य कानुन परिवर्तन भए पनि ज्येष्ठ नागरिकसम्बन्धी कानुन लामो समयदेखि एउटै थियो,’ उनले भने, ‘त्यसकारण यसको परिवर्तनको खाँचो भएको हो ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation