अरिङगालले टाेक्दा सल्यानमा एक युवाको मृत्यु

पुष्कर पन्थ सुनार साउन  ७ सल्यान –

अरिङगालकाे टाेकाइबाट एक युवाकाे मृत्यु भएको छ।मृत्यु हुनेमा शारदा नगरपालिका -१ दारिमचौरका २६ वर्षिय कृष्ण थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार दिउँसो करिब साढे ३ बजेतिर आँप खानकाे लागि आँपकाे रुखमा चढेका थापालाई अरिङगालले शरिरका विभिन्न ठाउँमा टाेकि घाइते बनाएपछि उपचारकाे लागि कर्णाली अस्पताल श्रीनगरमा लिएको र त्यहाँ उपचार सम्भव नभए पछि नेपालगन्ज लैजाने क्रममा सल्यानकै कपुरकाेट गाउँपालिका -५ अरिङगाले फेदिमा पुगेकाे बेला बेलुका करिब ७ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

त्यसपछि त्यहाबाट थापाको शव फर्काएर पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लिएको र पाेष्टमार्टमकाे तयारी भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation