१० पुष,प्यूठान।नेकपा(माओवादी केन्द्र) गौमुखी गाउँपालिका कमिटीको अध्यक्षमा रमेश राना सर्वसम्मत निर्वाचित हुनुभएको छ।बुधवार गौमुखी गाउँपालिका प्युठानको सभाहलमा उद्घाटन भएको उक्त दोस्रो अधिवेशनमा रमेश रानाको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी निर्विरोध निर्वाचित भएको हो।पालिकाको उपाध्यक्षमा बोम बहादुर सुनार र सुन्दर केसी निर्वाचित हुनुभएको छ।
सचिबमा सुरेश विश्वकर्मा,सहसचिवमा सुरज सुनार र तेजु गिरी निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा बिमला पुरी निर्वाचित हुनुभएको छ।त्यस्तै पालिकाका ७ वटै वडाबाट प्रतिनिधिअनुसार ३८ जना पालिका सदस्य निर्वाचित गरिएको छ।
निवर्तमान अध्यक्ष चन्द्रबहादुर खत्रीको अध्यक्षतामा उद्घाटित उक्त अधिवेशनमा नेकपा (माओवादी केन्द्र) प्युठानका ईन्चार्ज नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यता,सह-ईन्चार्ज सरस्वता न्यौपाने,जिल्ला अध्यक्ष प्रभात केसी र प्रदेश सदस्य एवम् गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाको विशेष आतिथ्यता रहेको थियो। नेकपा(माओवादी केन्द्र) प्युठानका युवा नेता एवम् प्युठान नगरपालिकाका नगरप्रवक्ता सुमनराज श्रेष्ठ,विद्यार्थी नेता तुल्सिमणी न्यौपाने,सुशिला घर्ती लगायतका अतिथिहरुको आतिथ्यता भएको नवनिर्वाचित सचिब सुरेश विश्वकर्माले बताउनुभयो।
अधिवेशनमा विभिन्न वडाबाट नेपाली कांग्रेस,नेकपा एमाले लगायत अन्य पार्टी परित्याग गरि २० जना पार्टी प्रवेश समेत गरेका पालिका कमिटी ईन्चार्ज महावीर रानाले बताउनुभयो।वहाँले भन्नुभयो श्रदय अध्यक्ष कमरेडको नेतृत्वमा सुशासनको पक्षमा भएको कामले गर्दा पछिल्लो समय माओवादी जनतामा लोकप्रिय बन्दै आईरहेको बुझ्न सकिन्छ।
अधिवेशनको पुर्व सन्ध्यामा ठुलावेशि बजारमा भ्रष्टाचार विरोधी खबरदारी सभा कार्यक्रम सञ्चालन गरिएको थियो।अधिवेशनको सञ्चालन भने अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशका अध्यक्ष पुष्कर शर्माले गर्नुभएको थियो।