१० पुस, काठमाडौं
पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पक्तिका प्रान्तको पहाडी क्षेत्रमा सेनाले हवाई आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश स्थानीय, बालबालिका र वजिरिस्तानका शरणार्थी छन् । पाकिस्तानी तालिबान अर्थात् तेहरिक–ए–तालिबान पाकिस्तानको तालिम केन्द्र हमलामा गरी ध्वस्त पारिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । गत मार्च यता पाकिस्तानले दोस्रो पटक अफगानिस्तानको भूमिमा आक्रमण गरेको हो ।
तालिबान नियन्त्रित अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी हवाई आक्रमणलाई अन्तर्राष्ट्रिय नियमको उल्लंघन भन्दै आपत्ति जनाएको छ । अफगानिस्तानले आफ्नो सार्वभौम क्षेत्रमा भएको आक्रमणको उचित जवाफ दिने चेतावनी दिएको छ ।