नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभइ देश र जनताको सेवाका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्न चाहेको बताए।
उनले समान विचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रुपान्तरणतर्फ लैजाने बताए। उनले ठूला भनिएका दलहरूभित्रको ध्रुवीकरण पनि जनताले हेरिरहेको भए पनि उनीहरूको क्रियाकलापले जनता सन्तुष्ट नरहेको धारणा राखे। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो।