Pranmancha

Advertisment

SKIP THIS

चन्द्रप्रभामा अन्तराष्टिय शिक्षा दिवस विविध कार्यक्रमका साथ सम्पन्न

१२ माघ, रोल्पा

सुनिलस्मृति गाउँपालिका स्थित चन्द्रप्रभा माध्यमिक विद्यालय मिझिङमा शुक्रबार विविध कार्यक्रम गरेर अन्तराष्ट्रिय शिक्षा दिवस भव्यताकासाथ सम्पन्न गरिएको छ । प्राविका विद्यार्थीहरु माझ विविध खेलकुद र आधरभूत र माध्यमिक तहका विद्यार्थीहरुमाझ मानव जीवनमा शिक्षाको महत्व विषयक वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको हो ।

चकलेट दौड प्रतियोगितामा कक्षा चारबाट सरु रोकामगर, सोनिया बिष्ट, र उत्तम सुनार क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गरेका थिए भने पाँचबाट अभिषेक बिष्ट, प्रबिन पुनमगर र विकास बिष्ट क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए । त्यसैगरी आधारभूत स्तरीय वक्तृत्वकला प्रतियोगितामा बर्षा बिष्ट, तुलसा बिष्ट र जनक नेपालीले क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गरेका थिए । माध्यमिक तह स्तरीय सोही प्रतियोगितामा गोबिन्द बिष्ट, केशब थापा र आशिका बिष्टले क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गरेका थिए ।

उक्त प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विविध शैक्षिक सामग्रीहरु प्रदान गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरकुमार विष्ट, समितिका कानुनी सल्लाहकार फत्ते प्रचण्ड घर्तीमगर र प्रधानअध्यापक रत्नलाल सुवेदीद्धारा पुरस्कृत गरिएको थियो । वक्तृत्व कला प्रतियोगितामा आधारभूत र माध्यमिक तहबाट ३५ जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

विद्यालयका शिक्षकहरु ओमप्रकाश विष्ट, जितबहादुर वली, घनश्याम अस्तित्व, सीता शर्मा, विद्युतजंग ठकुरी, पुण्यप्रसाद चौधरी, दुर्गा रोका लगायतले विद्यार्थीहरुलाई वर्तमान मानव जीवनमा शिक्षाको महत्वलाई विद्यार्र्र्थीहरुमाझ प्रष्टाएका थिए । कार्यक्रम विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक जानकी बुढाथोकीको अध्यक्षता, प्रधानअध्यापक रत्नलाल सुवेदीको प्रमुख आतिथ्यता र घनश्याम अस्तित्वको सहजिकरणमा सम्पन्न भएको हो । विद्यालयले आयोजना गरेको कार्यक्रमलाई सहास नेपाल नामक संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation