आम संचार जगतमा विद्यमान बदमासी र विकृतिको अन्त्य गर्दै वर्गीय खोजी पत्रकारीताको उठान हाम्रो मुल गन्तव्य होः मुक्ति गैरे

नेपालको वर्गिय मुक्ति आन्दोलनमा विगत लामो समयदेखि क्रियाशिल एक नाम हो मुक्ति गैरे । उनी पत्रकारीता जीवनका पनि भिमकाय चुनौतिहरुको सामना गर्र्दै एक असल र सफल पत्रकार बन्न क्रियाशिल पनि छन् । हाल पत्रकार विद्यार्थी संगठनका सस्थापक अध्यक्ष रहेका उनै मुक्ति गैरेसँग उनले नेतृत्व गरेको संगठन लगाएत अन्य समसामयीक विषयमा हाम्रो टिमले गरेको संक्षिप्त कुराकानीको सारसंक्षेपः

प्राणमञ्च अनलाइनको अन्तरवार्ता स्तम्भमा यहाँलाई स्वागत छ ।

धेरै धेरै धन्यवाद, यहाँको जनप्रिय अनलाइन पत्रिकालाई ।

पत्रकार विद्यार्थी संगठन भनेको के हो, स्पष्ट भाषामा बताइदिनुस न

यो हाम्रो पत्रकार विद्यार्थी संगठन भनेको पहिलो कुरा मास कम्युनिकेसन र पत्रकारिता पढ्ने विद्यार्थीहरुको संगठन हो । खास पत्रकारिता पढिरहेका पत्रकारहरुको भुमिका यो देशको निम्ति आवश्यक रहन्छ त्यसैले यसलाई स्थान दिनु पर्छ भनेर संगठित भएको संगठन हो । साथै पत्रकारिता गर्न,गरिरहेका पत्रकारहरुलाई जोड्ने उहाँहरुको न्यायको पक्षमा वकालत गर्ने,तालिम अभिवृद्धि गर्ने तथा नेपाली राष्ट्रिय तथा वर्गीय उत्पीडनका पक्षमा बोल्ने,लेख्ने,प्रसारण गर्ने,सम्प्रेषण गर्न प्रेरित गर्ने संगठन हो ।

देशैभर आम संचार तथा पत्रकारीता पढ्ने बिद्यार्थीहरुको अवस्था र सहभागीता कस्तो पाउनुभयो ?

हामी अहिले निरन्तर अभियानमा छौं, पत्रकारिताको बिषय आफै सबै कुराको ज्ञान राख्ने,लिने र प्रसारण एवम् सम्प्रेषण गर्ने एउटा विचारधारात्मक वर्गीय पेशा हो । तर्सथ नेपालको सन्दर्भमा यसको बुझाई राज्यले दिन नसकेको आभास भएको छ जसले गर्दा पत्रकारितामा दलालि,गुलामी र सलामीले व्याप्त अराजकता छाएको छ जसले गर्दा पछिल्लो समय यसको लोकप्रियता कम भएको छ । पछिल्लो समय वर्गीय दृष्टिकोण भन्दा पनि मुनाफा मुलक पत्रकारिता हुँदा झनै पत्रकारिता को छबिलाई विगारेको छ । यस सन्दर्भमा राज्यले स्प्रष्ट रुपमा नेपाली राष्ट्र निर्माणको पाठ्यक्रम निर्माण गरि प्रचारप्रसार गरेको देखिन्न । तथापि फेरि केही विद्यालय,कलेज र विश्व विद्यालयहरुले यश बिषयलाई अध्यापन गराउने गरेका छन् यतिले पुग्दैन् यसको दायरा ठूलो बनाउनुपर्छ आममा लग्नु पर्छ । र नेपाल राष्ट्र र नेपाली जनताको निम्ति पत्रकारिता गर्ने बाटोको प्रेरणा पत्रकारितालाई लिनुपर्छ र वैदेशिक रुपमा नेपाल र नेपाली नागरिक माथि टिकाटिप्पणि हुने माध्यमलाई वैचारिक रुपमा प्रतिरोध गर्ने माध्यम बनाउनुपर्छ ।तसर्थ यो अभियानका साथ हाम्रो संगठन अगाडि बढ्दै गर्दा हामीलाई दिगजहरु केही प्रश्नहरु र संगठन पनि अस्वाभाविक भयो भन्ने तर्कहरु उठाउनु भयो तर भदौमा हाम्रा कार्यक्रम सहित संगठन घोषणा पछि अहिलेसम्म आँउदा निकै उत्साह जनक तरिकाले जिल्ला– जिल्ला संगठन निर्माण भेला,सम्मेलन,अन्तरक्रिया,तालिमहरु सम्पन्न गर्दै ४२ वटा जिल्लामा हाम्रो संगठनले आकार ग्रहण गरेको छ अब राष्ट्रिय सम्मेलनको दौरान सम्म पुग्दा पुरै जिल्लामा हामीले जिल्ला समिति बनाउने छौं । संगठन बिधान अनुसार प्रदेश,नगर र ईकाई कमिटीहरु पनि बनिरहेका छन् बनाउने छौं । यस सन्दर्भमा निकै उत्साह जनक तरिकाले हामीलाई ग्रहण गरेको अनुभुती भएको छ केही अगाडि नेपाल पत्रकार महासंघको नेतृत्वमा श्रमजीवी पत्रकारहरु पक्षमा चलाईएको कार्यक्रममा हाम्रो संगठनलाई देश कै सातौं संगठनको रुपमा प्रस्तुत गरेको छ यो नै छोटो समयमा ठूलो सफलता र उत्साह जनक अवस्था हो ।

नेपालको संचार जगतको इतिहास तथा यहिलेसम्म आम संचार पढ्ने बिद्यार्थीहरुको कुनै तथ्याकको बारेमा केही जानकारी छ ?

पाली संचार जगतको ईतिहास हेर्नुहुन्छ भने नेपाली भाषामा पहिलोपटक १९४३ मा मोतिराम भट्ट ले काशी भारतबाट गोरखा भारत जीवन प्रकाशित गर्नु भएको थियोे भने १९५५ श्रावणमा सुधा सागर र १९५८ मा वैशाखमा २४ गते गोरखा पत्रदेखि यहाँसम्म आज २०७६, ७७ दैनिक ७४१,अर्ध साप्ताहिक ३९,साप्ताहिक २९५३, पाक्षिक ४७४,मासिक ६४३,चौ मासिक ३८,अर्धबार्षिक ८७,बार्षिक ९३ गरि जम्मा जम्मि हामीले बुझे अनुसार ७८०२ रहेका छन् । हिजोआज यसको दर्ता प्रकाशनहरु नियमित भएको देखिन्छ । टेलिभिजन १३०,रेडियो १११९,अनलाइन १८४५, अनलाइन नविकरण ४२४ र रासस रहेको देखिन्छ यसमा थुप्रै दर्ता र नविकरण चलिरहेको देखिन्छ भने यसको अध्यापन गर्ने विद्यालय र विद्यार्थी तथ्यांक हामी संकलन मै छौं यसको तथ्यांक पनि हाम्रो संगठनले लिनेछ ।

तपाईंलाई खासमा कुन विषयले त्यसरी छोयो जसले गर्दा यो संगठनको स्थपना गर्नुपर्याे ?

मलाई यस विषयमा नेपालको पत्रकारितामा पहिलो कुरा त वर्गीय पक्षधरता रहेनछ, जसले गर्दा नेपाल र नेपाली राष्ट्रको सुचना वैदेशिक वर्गहरुले थाहा पाउने र हामी नेपालीहरुलाई असफल,विभाजन र झगडाको बीउ रोप्ने गरेको काम भेट्यौं जसले गर्दा हामी असफल भएका छौं । त्यसैले सुचना वा पत्रकारिता वर्गीय पक्षधरमा हुनुपर्छ र राष्ट्र निर्माणको प्रचारप्रसार गर्नु पर्छ भन्ने उदेश्यले प्रेरणा जगायो । दोस्रो नेपाली पत्रकारिता माथि नै शोषण हुने गरेको भेटायौं यसको पक्षमा नबोलि बस्न नसक्ने स्थिति बन्यो ,तेस्रो पत्रकारिता पढिरहेका,गर्न चाहाने पत्रकारहरुको भुमिका माथि सिण्डिगेट लगाईदो रहेछ त्यसैले यी यस्तै बिषयमा संगठित रुपमा काम गर्नुपर्छ यसको ,न्यायको लागि राज्य तथासम्बन्धित सबैको ध्यानाकर्षण सहित समाधान गर्नुपर्छ भन्ने उदेश्यले हाम्रो संगठनको जन्म भएको हो ।

नेपालको पत्रकारीता क्षेत्रमा देखिएको बलनियतपूर्ण कार्य (पित पत्रकारीता)ले गर्दा दशकौँ काम गरेका आदर्श पत्रकार तथा संचार जगत ओझेलमा परेको छ,पत्रकारीता क्षेत्रमा देखिएको यस्तो विकृतिपूर्ण कालो धब्बालाई कसरी पखाल्न सकिन्छ ?

यसलाई पहिलो कुरा आर्दश एवम् वर्गीय पक्षधरताको पत्रकारिताका विषयमा संगठित रुपमा न्याय,समानता,वर्गीय एवम् राष्ट्रवादि पत्रकारिता गरिरहेका पत्रकार,यसमा प्रेरित रहेर गर्न चाहाने,सिक्न चाहाने,पढ्न चाहाने,पढिरहेका पत्रकारहरु संगठित रुपमा अभियान चलाएर भण्डाफोर एवम् त्यस्ता पित पत्रकारिताका बिषयमा भत्सर्ना गर्नुपर्छ । अब यसमा व्यवसायिक पत्रकारिता गर्ने नाममा सुचना सम्प्रेषणलाई नै प्रयोग गरेर बार्गेनिङ गर्ने,दोहोरो भेरिफिकेसन नगरि पत्रकारिता गर्ने मिडियाका विरुद्धमा पनि उभिने तागत हामीले राख्नुपर्छ गलत लाई गलत सहिलाई सहि भनेर हामीले सोहि अनुसार हाम्रो अभियान चलाए यस्ता पित,दलालि,हरामी,गुलामी पत्रकारितालाई पखाल्न सकिन्छ यस तर्फ हाम्रो पत्रकार विद्यार्थी संगठन,नेपाल केन्द्रित रहेको छ ।

संगठनको आगामि कार्यक्रमहरु के–के हुन ?

हाम्रो विचार,दृष्टिकोण तथा निति र कार्यक्रमलाई लग्ने,संगठित गर्ने,संघर्षमा केन्द्रित रहने आगामि २०७७ असार १६ र १७ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन तर्फ नै हाम्रो जोड हुनेछ । हाम्रो मोडालिटि उत्पिडित पत्रकार विद्यार्थीहरुको पक्षमा माथि उल्लेखित हाम्रो विचार दृष्टिकोण र न्यायको पक्षमा हामीले राष्ट्र व्यापि रुपमा अभियान चलाएका छौं, यसै अनुसार हामी निरन्तर संगठित अभियान हुनेछौं ।

सन्निकट आएको महासंको नयाँ निर्वाचनमा संगठनमको अवधारणा र उपस्थिती कस्तो रहन्छ ?

हामी यस महासंघको निर्वाचनको बिषयमा मिति २०७७ चैत गते हाम्रो संगठनको तर्फबाट धारणा प्रस्ट पारिएको छ भने हाम्रो विचार,दृष्टिकोण र निति तथा कार्यक्रम संग एकाकार हुने संगठनहरु ध्रुवीकरण र सहयोग गरेका समान,श्रमजीवी,वर्गीय एवम् राष्ट्रियताको पक्षमा वकालत गर्ने धलो,पत्रकारिता माथिको सिण्डिगेटको अन्त्य गर्न तर्फ हाम्रो जोड रहने गरि जानेछौं ।

अन्त्यमा केहि छुटेको जस्तो लाग्छ कि ?

अन्त्यमा तपाईंको अनलाइन पत्रिकामार्फत हाम्रो स्पष्ट दृष्टिकोण र कार्यक्रम राख्ने अवसर दिनु भएकोमा यहाँको मिडियालाई धेरै धेरै धन्यवाद दिदै तपाईंहरुको उच्च सफलताको कामना गर्दछु साथै यसै माध्यमबाट हाम्रो संगठनको विचार दृष्टिकोण पढ्नु हुने सम्पूर्ण जनप्रियहरुलाई आभार प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation