नाैबहिनीकाे प्रशासकीय भवन ओलीले उद्घाटन गर्ने, कार्यक्रमकाे सबै तयारी पूरा

प्युठान । नौबहिनी गाउँपालिकाको प्रशासनिक भबन उद्घाटनकाे तयारी पूरा भएको छ ।

आश्विन १६ गते पुर्ब प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रमकाे तयारी भएको गाउपालिकाले जनाएको छ ।नौबहिनी गाउपालिकाकाे प्रशासनिक भबन निर्माण कार्य सम्पन्न भई उद्घाटन गर्न थालिएको हाे । उद्घाटन कार्यक्रममा पुर्ब प्रधानमन्त्री ओली , जिल्लाबाट निर्बाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य समेत सहभागि हुदाँ  नौबहिनीकाे पर्यटन , शिक्षा , स्वास्थ्य तथा समग्र बिकासमा सहयाेग मिल्ने गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले बताएका छन ।

कार्यक्रममा विभिन्न ठाउवाट र्याली झाकि समेत प्रस्तुत हुने थापाले बताएका छन । यसै बिच नेपाली काङ्ग्रेस नौबहिनीले उद्घाटन कार्यक्रम एउटा साझा कार्यक्रमकाे रुपमा लिन र यहाँकाे बिकासका एजेन्डा अगाडी लिन पालिकासङ्ग आग्रह गरेकाे छ । काङ्ग्रेसको आज बसेकाे बैठकले कार्यक्रम महत्वपूर्ण भएको र कुनै पार्टी बिशेषकाे कार्यक्रम जस्तो नबनाउन काङ्ग्रेसले अनुराेध गरेकाे छ ।

नौबहिनी काे प्रशासनिक भबनकाे शिलन्यास २०७८ आषाढ ११ गते तत्कालिन पालिका अध्यक्ष शिबराज रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation