प्युठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

२८ मंसिर,प्युठान : प्युठानको ऐरावती गाउँपालिका वडा नं २ बरौंला बाट जन्ती लिएर खलंगा जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

लु ३ च ६८४७ नम्बरको स्कारपियो को अगाडिको टायर पन्चर भई ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परि मल्लरानी गाउँपालिका ३ चौरपानीका ५२ बर्षिय दामोदर परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।गाडीमा सवार अन्यको जिल्ला अस्पतालमा उपचार भैरहेको  छ। दुर्घटना बारे बाकि विवरण आउन बाकी !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation