साना किसान कृषि सहकारी लक्ष्मीपुरको साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड लक्ष्मीपुर ४ दाङले आफ्नो २६ अौँ वार्षिकोत्सब भव्य समारोहबीच सम्पन्न गरेकाे छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका केन्द्रीय उपाध्यक्ष  पूर्ण शर्माकाे प्रमुख आतिथ्यतामा साेमबार संस्थाले २६ अौँ वार्षिक साधारण सभा गरेकाे हाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष गाेविन्द प्रसाद शर्माले संस्थाकाे प्रतिवेदन पेस गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे भने लेखा सुपरिवेक्षण समितिका संयाेजक निर्मलकुमार शर्माले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा १३ कराेड ५२ लाख ५८ हजार रकम लगानी गरेकाे छ भने खुद नाफा ५७ लाख ६८ हजार ७ सय ४८ गरेकाे छ ।
नेपाल कृषि सहकारी संघ लिमिटेडका लेखा सुपरिवेक्षण समितिका केन्द्रीय सदस्य चुर्ण प्रसाद केसीकाे विशिष्ट आतिथ्यता रहेकाे साे कार्यक्रममा जिल्ला स्थिति विभिन्न सहकारी संस्थाहरुका अध्यक्ष एवम् प्रतिनिधि, घाेराही उपमहानगरपालिकाका ४ नम्बर वडाध्यक्ष, कृषि सहकारी बैंक दाङ शाखा प्रमुख, पत्रकार, सेयर सदस्यहरुकाे भव्य उपस्थिति रहेकाे थियाे ।
स्थापनकाे लामाे इतिहास बाेकेकाे यस कृषि सहकारी संस्थाले सेयर सदस्यहरुकाे कृषि उनन्वयमा ध्यान केन्द्रीकृत गरेर कृषि उपकरण, पशु बिमा, सुलभ कर्जा,  अनुदानमा बीउ तथा मलकाे वितरण गर्ने गरिरहेको छ ।
संस्थाले वार्षिकोत्सबकाे अवसरमा रजत स्मारिका प्रकाशन गरी विमाेचन गरेकाे छ । त्यस्तै संस्थामा आवद्ध उत्कृष्ट कृषक नविना बुढामगर, उत्कृष्ट ऋणी यसाेदा आचार्य, उत्कृष्ट  बाल बचतकर्ता काजल शर्मा, ज्येष्ठ सदस्य विष्णुप्रसाद कुंवर लागयतहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्ण शर्माले साना किसान सहकारी संस्थाले नेपालका बैंक तथा लघु वित्त वित्तीय संस्थाहरुले भन्दा झन्झटबिना राम्रो र भरपर्दो ढंगले सेयर सदस्यहरुलाई कर्जा सुविधा तथा अन्य कृषि अौजार, उपकरण तथा बीउ बिजनमा अनुदान दिइरहेको दावी गरे । उनले हरेक सेयर सदस्यहरुले अब बैंकमा खाता खाेल्न कुनै जरुरी नभएको बताउँदै अब सबैले सहकारीमै लगानी गर्न जरुरी भएको बताए । उनले साना किसानबाटै हजारौंकाे संख्यामा दक्षिण काेरिया तथा इजरायलमा कृषि राेजगारीमा पठाउन उक्त देशहरुसित सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेकाे पनि बताए ।
२०५४ सालमा स्थापना भएको साे सहकारी संस्थामा हाल १ हजार ५४ सेयर सदस्य आवद्ध छन् भने झण्डै २० कराेडकाे लगानी तथा २३ कराेडकाे सेयर पुँजी रहेकाे संस्थाका प्रबन्धक शरदकुमार घिमिरेले बताए । स्मरण रहाेस्: स्थापनाकाे कार्यकालमा रजत स्मारिका प्रकाशन गर्ने पहिलाे संस्था बनेकाे छ भने लुम्बिनी प्रदेशकाे उत्कृष्ट सहकारीकाे रुपमा पनि साे संस्था पुरस्कृत भएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation