प्युठानम ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

३ पुस, प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन ।

प्युठान नगरपालिका २ आरनेटाको झारिवाङ्बाट क्वाडी तर्फ आउँदै गरेको रा १ त २१८८ नम्बरको ट्याक्टर मध्याह्न १२:५० दुर्घटना भएको हो। उक्त दुर्घटनामा परि सहचालको मृत्यु भएको र चालकलाइ चोट्पट्क लगि घाइते भएको जिल्ल प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिएका छन। उनका आनुसार ओरालोमा ब्रेक फेल भइ बाटोदेखी करिब १ सय मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका पाल्पाको रम्भा गाउँपालिका ४ का सहचालक डम्मम बहादुर सुनारी मगरको उपचारका क्रममा मृत्यु भएको हो।

चालक नौबहिनी गाउँपालिका ४ खवङ्का १९ बर्षिय नवीन मल्लको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation