राष्ट्र बैङ्कले माग्यो विभिन्न पदका लागि दरखास्त  आह्वान

६ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

सूचना ,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation