पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एक जना पक्राउ

७ पुस, कास्की : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । 

अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि त्यसकाे खाेया प्रहार गरेका प्रहरीले जनाएको छ। ती व्यक्तिलाई अहिले  प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामिछानेले बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको थियो। रानाभाटमाथि अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख, एसपी मोहनबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation