गायक मधुबाबु थापा लाेक गीतकाे सम्राट हाे: गाेविन्दराज श्रेष्ठ

सांगीतिक स्मृतिमा मधुबाबु थापा स्मृतिग्रन्थ विमाेचन समाराेह शनिबार घाेहीमा सम्पन्न भएको छ । साे समारोहकाे आयाेजना राप्ती साहित्य परिषद् दाङले गरेकाे हाे ।

२०१० सालमा घाेराहीकाे साैडियारमा जन्मिएका मधुबाबु थापाले दुई वर्षमै आँखाको ज्याेति गुमाएका थिए । पारिवारिक स्राेत का अनुसार उनले ५ वर्षदेखि नै गीत संगीत गुनगुनाएर सांगीतिक यात्रा तय गरेका थिए ।

स्थानीय मेलापर्व, मेलापात तथा छरछिमेकमा लाग्ने हरेक उत्सवहरुमा आफ्नै सिर्जनशीलताले गीत निर्माण गरिहाल्ने मधुबाबुले २०३७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए भने उनका ६१ वटा लाेक गीति एल्बम बजारमा रहेका छन् । नेपाली लाेकगीतमा विशेष दख्खल राख्ने मधुबाबु शास्त्रीय संगीतका पनि ज्ञाता मानिन्छन् ।

कार्यक्रमकाे अवसरमा उनकाे जीवनी तथा गीतहरुकाे संग्रहसहितकाे “सांगीतिक स्मृतिमा मधुबाबु थापा” नामक पुस्तक सार्वजनिकरण पनि गरिएको छ । पुस्तककाे विषयमा सकारात्मक नकारात्मक समालोचना वरिष्ठ साहित्यकार एवं सर्जक नारायण नेपालले गरे । उनले बहुप्रतिभाशाली बधुबाबुकाे सम्मानमा चन्द्रा शाह मल्लले निकै मेहनत गरेर पुस्तक तयार गर्नुले उनकाे मृत आत्माप्रतिकाे भरपूर सम्मान भएको बताए ।

त्यस्तै प्रमुख अतिथि गाेविन्द श्रेष्ठ (शास्त्रीय संगीतका विशिष्ट साधक) ले मधुबाबु लाेक सांगीतिक जगतकाे सम्राट नै भएको दावी गरे । उनमा रहेकाे विशिष्ट गायन क्षमताले आफू निकै प्रभावित भएको बताउँदै गाेबिन्दले दृष्टि गुमाएर पनि आफ्नो ध्यान, कर्म र साधनामा यतिबिघ्न लागेर अमर जीवनी छाेडेर जाने विरलै पात्रहरुभित्र मधुबाबु परेकाे बताए ।


उनले भने, “मधुबाबु दृष्टिविहिन कदापि हाेइनन् बरु अन्तरदृष्टिले भरिपूर्ण भएका देशले गर्व गर्न लायक प्रतिभाशाली साधक, सर्जक र गायक हुन्, बरु अन्धाे राज्यले यस्ता प्रतिभाकाे समयमै उचित कदर, सम्मान र स्थान दिन सक्दैन ।” एक प्रसंगमा गाेविन्दले अन्य विद्यार्थीले सारेगम १ महिना लगाउने गर्छन् तर मधुबाबुले एकै दिनमै पूरा गरेकाे स्मरण गरे ।

कार्यक्रममा विभिन्न सर्जक तथा गायकहरुले उनकाे सम्मानमा
भैगाे हजुर मायाजाल नबुन
गैगाे हजुर माया लाउने दिन,
घिन्ति पाकुम, हिमचुलीमा लगायत एक दर्जन बढी गीतहरु गुन्जाएका थिए ।

कार्यक्रम राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासीकाे प्रमुख आतिथ्यतामा भएको थियाे भने सांगीतिक स्मृतिमा मधुबाबु थापा नामक पुस्तककाे प्रकाशन पनि राप्ती साहित्य परिषद्ले गरेकाे हाे ।

कार्यक्रममा विशिष्ट अतिथि चन्द्रकला शाहले मधुबाबुकाे विशिष्ट गायन कला र स्वरकाे कदर गरेर रेडियो नेपालले त्यतिबेला पनि अरु गायकले भन्दा दाेब्बर रकम पारिश्रमिक पाउने गरेकाे बताइन् ।

कार्यक्रमकाे संचालन राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation