प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण!

पुष ९,प्यूठान।जिल्ला कारागार कार्यालय प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण गरिएको छ । थाउजेन्ड युथ ग्रुप र देशभक्त युवा नेपाल  संस्थाद्धारा सोमबार जिल्ला कारागारमा एक कार्यक्रमको बिच करिब १ सय थान पुस्तक हस्तान्तरण गरिएको हो।

प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालद्धारा प्यूठान कारागार प्रमुख सुर्य बहादुर पन्तलाई पुस्तक हस्तान्तरण गरिएको हो । कैदी जीवन बिताईरहेका कैदीहरुलाई जीवन उपयोगीसँगै ज्ञान प्रदान गर्ने उद्देश्यले केही महिना अघि देखी कारागारमा पुस्तक अभियान सुरु भएको छ ।

जीवन उपयोगी पुस्तकले कारागारमा रहेका कैदी बन्दिहरुको क्षमता बढ्ने र मनोवल उच्च बनाउन सहयोग पुग्ने आशा गरिएको छ। कारागारबाट बाहिर निस्कदा पुस्तक अध्ययनले कैदीहरु सामान्य जीवनमा फर्कन सहयोग होस भन्ने हेतुले कारागारमा पुस्तक अभियान सुरु गरिए अनुसार आफूहरुले हस्तान्तरण गरेको अभियान्ता सुजाता जिसीले हामिलाई बताईन।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अधिकारी,प्रहरी नायब उपरीक्षक ईश्वर थापा, सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुषाल, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजाल र देश भक्त युवा नेपालका केन्द्रिय सहसचिव सुजाता जिसीको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको जिल्ला कारागार प्यूठानका प्रमुख सुर्य बहादुर पन्तले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation