कम्युनिस्ट आन्दोलनलाई आक्रामक रुपमा लैजान जरुरी छ: बाेमबहादुर खत्री

नेकपा (मसाल) जिल्ला समिति प्युठानले विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको एक सय एकतिसौँ जन्मजयन्ती मनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले समसामयिक राजनीति र विश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदानलगायत विषयमा आफ्नो विचार राख्दै विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेकोले त्यसलाई आक्रामक रूपतर्फ फेर्न आत्मगत परिस्थिति बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रममा राजमो लुम्बिनी नेपाल जनजाति सम्मेलनका कावा अध्यक्ष अम्मरध्वज राना, अखिल नेपाल कानुन व्यवसायी सङ्घका उपाध्यक्ष विदुर मल्ल, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य ध्रुव थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य कमल पौडेल, अखिल नेपाल शिक्षक सङ्घ लुम्बिनी प्रदेश सचिव कल्याण खड्काले सम्बोधन गर्नु  गरेका थिए ।

जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन राजमो जिल्ला सदस्य लालबहादुर राहुँले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation