प्यूठान हाईस दुर्घटना: एकै घरका ७ जना सहित १४ जना घाइते

पुष ११,प्यूठान।प्यूठानको सरुमारानी गाउँपालिका-४ बड्डाँडामा बुधबार हाईस गाडी दुर्घटना भएको छ । जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट  झण्डै १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा एकै परिवारका ७ जना सहित १४  जना यात्रु घाइते भएका छन् ।गम्भीर घाइते हुनेमा शिवराज नपा-१, बस्ने बर्ष ५८ का अने सुनार, उहाँकी छाेरी बर्ष २० की साबित्रा सुनार छन । उनिहरूलाई भालुवाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै अन्य घाइतेहरूमा साेहि ठाउँ निवासी बर्ष २१ का रिखे सुनार, बर्ष १५ का निमप्रसाद सुनार, बर्ष ३६ का बलबहादुर सुनार, निजकी श्रीमती बर्ष ३४ की संगिता सुनार, रूपन्देही जिल्ला गैडहवा गाउँपालिका-७, बर्ष ४७ का तीलबहादुर गिरी, निजकी श्रीमती बर्ष ४६ कि बिष्णुमाया गिरी, राप्ती गाउँपालिका-२, लालमटिया निवासी बर्ष ३५ की जानका आचार्य र घाेराही उप-महानगरपालिका-९, नारायणपुर निवासी भुमिराम उपाध्याय रहेका छन ।
त्यस्तै उमेर र ठेगाना खुल्न बाँकी रहेका अन्य घाइतेहरूमा श्रृष्टि आलेमगर, निमप्रसाद खनाल, झग्गुप्रसाद न्याैपाने र श्याललाल न्याैपाने रहेको प्रहरीले बताएको छ। घाइतेहरू मध्ये केहीलाई थप उपचारका लागि बुटवल र भैरहवा पठाईएकाे छ भने केहीलाई भालुवाङमा सामान्य उपचार पछि घर पठाईएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation