ऎरावतिमा माओवादीको रुपान्तरण अभियान सम्पन्न

१४ पुष प्यूठान।प्यूठानको ऎरावती गाउँपालिकामा गाउँ कमिटीको आयोजनामा नेकपा(माओवादी केन्द्र)को ४ महिने विशेष रुपान्तरण अभियान सम्पन्न भएको छ।जनतासँग माओवादी विशेष रुपान्तरण अभियान घरघरमा माओवादी जनजनमा माओवादी भन्ने विशेष नाराका साथ भदौ १६ गतेदेखि देशैभर उद्घाटन गरि सन्चालन गरिएको थियो।

नेकपा (माओवादी केन्द्र)ऎरावती गाउँ कमिटीको आयोजनामा भएको समापन कार्यक्रममा अभियानका प्युठान इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य रुद्र बन्जाडेको विशेष आतिथ्यता,ज्येष्ठ कम्युनिस्ट मंचका केन्द्रिय सदस्य ओम प्रकाश श्रेष्ठ,जिल्ला संयोजक नमराज अधिकारी,प्रदेश कमिटी सदस्य बुद्ध बस्नेत,पुर्ण प्रसाद सापकोटा,हरि बस्नेत,र पदम थापाको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं अभियान ईन्चार्ज निर्मल आचार्यले यो अभियानले जनता र माओवादी बिचको दुरीलाई कम गरेको बताउनुभएको छ।साथै उहाँले रुपान्तरण वास्तविक रुपमा नै हुनुपर्ने र माओवादी कार्यकर्ता भनेपछी आनिवानी देखि दैनिक क्रियाकलापमा असल हुनु पर्नेमा पार्टी एवं कार्यकर्तहरुलाई ध्यानाकर्षण गराउनुभयो।
ईन्चार्ज आचार्यले भन्नुभयो;”पार्टी सदस्यहरु पार्टीको प्रमुख मेरुदण्ड भएकाले समयमा नै पार्टी सदस्यता नवीकरण गर्नुपर्दछ र माओवादीले आफ्ना छोराछोरी सबैलाई पढाउनु पर्छ,अखिल क्रान्तिकारीमा आवद्ध गर्नु पर्छ।”

साथै कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी एवं सदस्यहरु,विभिन्न जनबर्गिय मोर्चाका नेता लगायत कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । गाउँ कमिटी अध्यक्ष दोर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालक गाउँ कमिटीका सचीव भिमेश कुमार घर्तिले गर्नुभएको थियो ।
स्थानीय पार्टी नेताकार्यकर्ताहरुको सहभागिता रहेकोे कार्यक्रमको स्वागत मन्तव्य गाउँ कमिटी वरिष्ठ उपाध्यक्ष रेशम थापाले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी केन्द्रले संचालन गरेको अभियानको उपलब्धि ,महत्त्व र आगामी योजनाको विषयमा निर्मल आचार्य,रुद्र बन्जाडे,नमराज अधिकारी’रोसन’ र बुद्ध बस्नेतले राजनैतिक प्रशिक्षण गर्नुभएको थियो।

अभियानमा आएका नेताहरुलाई पालिका इन्चार्ज बुद्ध बस्नेत,अध्यक्ष दोर्ण प्रसाद पाण्डे लगायतले बिदाई गरेको अखिल( क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले हामीलाई बताउनुभयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation