अस्तित्वको चिहानमाथि महल बनाइरहेको मान्छेमाथि रोल्पामा विमर्श: फाेटाे फिचरसहित

कवि घनश्याम अस्तित्वको भर्खरै बजारमा आएको कवितासंग्रह चिहानमाथि महल बनाइरहेको मान्छेमाथि रोल्पाको लिवाङमा विमर्श गरिएको छ ।

डेढ दशकदेखि दाङमा रहेर साहित्य सिर्जना र सिर्जनात्मक अभियान सञ्चालन गरिरहेका कवि घनश्याम अस्तित्वको यो पहिलो कवितासंग्रहमाथि साहित्यकार डिवि टुहुरो, पत्रकार खेम बुढामगर, संघीय संसद सदस्य इश्वरी जिएम, कवि घनश्याम अस्तित्वको बीचमा विमर्श गरिएको छ । शनिबार सम्पन्न भएको उक्त विमर्शको सहजकर्ताको भूमिकामा कवि प्रेमप्रकाश रहनुभएकाे थियाे ।

साहित्यकार डिवि टुहुरोले पछिल्लो नेपाली कविता लेखनमा गद्य कविताको वर्चस्व रहेको र अस्तित्वको यो कवितासंग्रह नेपाली कविता लेखनलाई एक बलियो हस्तक्षेप भएको बताउनुभयो । कविता लेखन शैली कविता लेखिरहेका अरु कविहरुको भन्दा पृथक रहेको बताउँदै उहाँले अस्तित्वको कवितामा जीवन, समय, र समाजको बलियो उपस्थिति रहेको उल्लेख गर्नुभयो ।
अर्का बक्ता खेम बुढामगरले कविताहरु गाउँ केन्द्रित भएको बताउँदै रोल्पाको बलियो उपस्थिति भएको कुरा उल्लेख गर्नुभयो ।

दश बर्षे जनयुद्ध र आजको बर्तमान परिवेशलाई कवितामा उतार्दै सिर्जना गरिएको रोल्पा कविता अत्यन्तै शसक्त कविता हो भन्दै सबै रोल्पालीहरु र रोल्पाको नेतृत्व गर्ने सबैले पढ्नुपर्ने कविताका रुपमा व्याख्या गर्नुभयो ।

त्यसैगरी संघीय संसदकी सदस्य समेत रहेकी वक्ता इश्वरी जिएमले कविताहरु पढ्दै गर्दा आफू जनप्रतिनिधीको रुपमा रहेका कारण अस्तित्वले म आफैलाई पनि खबरदारी गरेर कविता लेखिएका रहेछन् भन्ने महशुस भएको बताउनुभयो ।

 

अस्तित्वका कवितामा ग्रामिण जीवन, नेताहरुप्रति आक्रोश, विविध विकृति विसंगतिहरुमाथि प्रहार गरिएको बताउनुभयो ।
कवि अस्तित्वले भने हरेक कवि समयप्रति सचेत हुनुपर्ने र आफूले त्यही प्रयत्न गरिरहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण चन्द्रज्योती सुवेदीले गर्नुभएको थियो भने अस्तित्वले दुई कविताहरु पनि वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation