प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु

पुष १८,प्यूठान।प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु भएको छ । बुधबार प्यूठानबाट भालुवाङ् तर्फ जादै गरेको लु १ ख ६१५३ नं को बसमा यात्रा गरिरहेका ऐरावती गाउँपालिका ५ का ४८ बर्षिय नारायण खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए ।

खत्री कामको शिलशिलामा भारत जानको लागि बसमा सवार थिए । एक्कासी बेहोस भएपछि उनलाई जिल्ला अस्पताल बिजुवारमा उपचारको लागि लिएको तर अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

उच्च रक्तचापका कारण खत्रीको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation